वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन्। व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेका उनले यो अप्रिल २ देखि लागु गर्दैछन्। ‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,’ ट्रम्पले एयर […] The post अमेरिकी कर नीति सर्वाधिक व्यापार असन्तुलन भएका देशमात्र नभई सबैका लागि : ट्रम्प appeared first on BIZMANDU.
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन्। व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेका उनले यो अप्रिल २ देखि लागु गर्दैछन्।
‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,’ ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीसँग भने। कर नीति कुन कुन देशमा लागु गरिनेछ भन्ने प्रश्नमा उनले भने, ‘मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन। मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ, कटौती होइन।’
ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो। लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दाबी गरेका छन्।
उनले भने, ‘यी देशहरूको हाम्रा लागि भन्दा यो कर धेरै उदार हुनेछ।’ ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसकेका छन् भने चीनबाट आयात हुने सामानमा थप कर लगाएका छन्। आयातित सवारीसाधन (कार)मा पनि अप्रिल ३ देखि अतिरिक्त कर लागू हुनेछ।
ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चार पाङ्ग्रे सवारी साधनको आयातमा लगाइएको करले वार्षिक १०० अर्ब डलर उठाउन सक्ने दाबी गरेका छन्। ‘यसबाहेक, अन्य करबाट वार्षिक लगभग ६ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब छ ट्रिलियन डलर हुनेछ,’ नाभारोले फक्स न्यू सन्डेसँग भने।
पारस्परिक ट्यारिफको एक विस्तृत शृंखला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ। कर नीतिबाट प्रभावित हुने देशहरूले पहिले नै प्रतिकार गर्ने बताइसकेका छन्। अर्थशास्त्रीहरूले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढावा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन्।
ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा आफ्नो सरकारको कर नीतिको बचाउ गरेका छन्। -एएफपी/रासस
The post अमेरिकी कर नीति सर्वाधिक व्यापार असन्तुलन भएका देशमात्र नभई सबैका लागि : ट्रम्प appeared first on BIZMANDU.