Bizmandu
कुलमानको बर्खास्तगीमा ओलीको जवाफ- मन्त्रीप्रति लोयल भएनन्, माओवादी र रास्वपाको आपत्ति
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई मन्त्रीप्रति लोयल नभएकाले हटाएको जवाफ दिएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै कुनै कर्मचारीबाट मन्त्रीले लोयल्टी फिल नगरेको अवस्थामा कारबाही गर्ने अभ्यास विगतमा रहेको र अहिलेको सरकारले पनि त्यही गरेको बताए। उनले कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विषय अदालतमा विचाराधीन रहेकाले सदनमा […]
The post कुलमानको बर्खास्तगीमा ओलीको जवाफ- मन्त्रीप्रति लोयल भएनन्, माओवादी र रास्वपाको आपत्ति appeared first on BIZMANDU.
2081-12-17
टरिगाउँ विमानस्थलमा आजदेखि हवाई सेवा सुरु, सोमबारमात्रै उडान हुने
काठमाडौं । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ। आजबाट हवाई सेवा फेरि सुरु भएको छ। यससँगै अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए। उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताएका छन्। विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ। यस पटक […]
The post टरिगाउँ विमानस्थलमा आजदेखि हवाई सेवा सुरु, सोमबारमात्रै उडान हुने appeared first on BIZMANDU.
2081-12-17
अमेरिकी कर नीति सर्वाधिक व्यापार असन्तुलन भएका देशमात्र नभई सबैका लागि : ट्रम्प
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन्। व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेका उनले यो अप्रिल २ देखि लागु गर्दैछन्। ‘कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,’ ट्रम्पले एयर […]
The post अमेरिकी कर नीति सर्वाधिक व्यापार असन्तुलन भएका देशमात्र नभई सबैका लागि : ट्रम्प appeared first on BIZMANDU.
2081-12-17
एनएसएल : दुई संस्करणमा लय समात्न नसकेको चितवन पोखरासँग भिड्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र पोखरा थण्डर्स आमनेसामने हुँदैछन्। लिगको तेस्रो खेलमा आज चितवन र पोखरा आमनेसामने हुन लागेका हुन्। चितवन र पोखरा हालसम्म दुईपटक आमनेसामने भएका छन् जसमा पोखराले दुवै पटक बाजी मारेको छ। आजको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। खेलको टिकट शुल्क साधारणतर्फ […]
The post एनएसएल : दुई संस्करणमा लय समात्न नसकेको चितवन पोखरासँग भिड्दै appeared first on BIZMANDU.
2081-12-17
भिजिबिलिटी कम हुँदा डाइभर्ट भएका जहाज फर्किँदै, टर्किस र कतारको कसरी भयो अवतरण?
काठमाडौं । काठमाडौंमा ‘भिजिबिलिटी’ कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फको अवतरण प्रभावित भएको छ। सोमबार बिहान ९ बजे देखि १० बजेको अन्तरालमा अवतरणका लागि आएका एयर इण्डियाका दुई वटा, जजिरा र फ्लाई दुबईको एउटा जहाज ‘डाइभर्ट’ भएका विमानस्थल प्रवक्ता रिन्जी शेर्पाले बताए। उनका अनुसार ती वायुसेवाले आफ्नो मापदण्ड अनुसार भिजिबिलिटी कम भएको जनाउँदै बनारस […]
The post भिजिबिलिटी कम हुँदा डाइभर्ट भएका जहाज फर्किँदै, टर्किस र कतारको कसरी भयो अवतरण? appeared first on BIZMANDU.
2081-12-17
‘तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, कारबाही हुन्छ’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्ने बताएका हुन्। ओलीले ज्ञानेन्द्रमाथि दुर्गा प्रसाइँलाई हिंसा मच्चाउनकै लागि कमाण्डर बनाएको बताए। ‘पूर्वराजाले दुर्गा प्रसाइंलाई चैत १४ गते […]
The post ‘तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, कारबाही हुन्छ’ appeared first on BIZMANDU.
2081-12-17
एपीटी वायरलेस ग्रुपको ३४औं बैठक काठमाडौंमा सुरु, झण्डै ४ सय प्रतिनिधि सहभागी
काठमाडौं। काठमाडौंमा एपीटी वायरलेस ग्रुपको ३४औं बैठक (एडब्लुजी-३४) सुरु भएको छ। एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा सोमबारदेखि एपीटी वायरलेस ग्रुपको ३४औं बैठक सुरु भएको हो। कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल रुपान्तरणका लागि वायरलेस प्रविधि जग भएको बताए। नेपाललाई दक्षिण एसियाको डिजिटल […]
The post एपीटी वायरलेस ग्रुपको ३४औं बैठक काठमाडौंमा सुरु, झण्डै ४ सय प्रतिनिधि सहभागी appeared first on BIZMANDU.
2081-12-17
ओलीले संसद्लाई गराए थाइल्याण्ड भ्रमणबारे जानकारी, दुई वटा सम्झौता हुने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागेको थाइल्याण्ड भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले मंगलबारको प्रतिनिधि सभाको बैठकको सुरुमै आफ्नो थाइल्याण्ड भ्रमणबारे जानकारी गराएका हुन्। उनले थाइल्याण्ड भ्रमणका क्रममा पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा सम्झौता हुने तथा ६ वटा समझदारीमा हस्ताक्षर हुने बताए। थाइल्याण्डसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीले पहिलोपटक […]
The post ओलीले संसद्लाई गराए थाइल्याण्ड भ्रमणबारे जानकारी, दुई वटा सम्झौता हुने appeared first on BIZMANDU.
2081-12-17
गोगोरोले इलेक्ट्रिक स्कुटरका लागि संचालनमा ल्यायो ४५ वटा ब्याट्री स्वापिङ सेन्टर
काठमाडौं। ताइवानी ब्रान्डको इलेक्ट्रिक स्कुटर कम्पनी गोगोरोले नेपालमा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन विस्तार गरेको छ। गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता नेबुला इनर्जीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ब्याट्री स्वापिङ स्टेसन राखेको हो। कम्पनीका अनुसार यसले गोगोरोका स्कुटर प्रयोगकर्ताका लागि काठमाडौं उपत्यकामा राइड सजिलो बनाएको छ। अब चालकले ब्याट्रीको चार्जका विषयमा चिन्ता लिनु पर्दैन। प्रत्येक ब्याट्री […]
The post गोगोरोले इलेक्ट्रिक स्कुटरका लागि संचालनमा ल्यायो ४५ वटा ब्याट्री स्वापिङ सेन्टर appeared first on BIZMANDU.
2081-12-17
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको भन्दा तोलामा १ हजार १०० रुपैयाँले बढेर आज सुन प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन सुन तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज […]
The post सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो appeared first on BIZMANDU.
2081-12-17
हिमालयन डिस्टिलरीका अध्यक्ष सिंहले दिए राजीनामा, बाँकी कार्यकालका लागि प्रसाइँ सञ्चालक
काठमाडौं। हिमालयन डिस्टिलरीका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले राजीनामा दिएका छन्। सिंहले स्वास्थ्यको कारण देखाएर दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। आइतबारकै बैठकले रिक्त सञ्चालक पदमा बाँकी कार्यकालका लागि शिखर प्रसाइँलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।
The post हिमालयन डिस्टिलरीका अध्यक्ष सिंहले दिए राजीनामा, बाँकी कार्यकालका लागि प्रसाइँ सञ्चालक appeared first on BIZMANDU.
2081-12-17
पियोर इनर्जीले चैत २८ गतेदेखि ११ करोड ९५ लाखको आइपीओ निष्कासन गर्दै
काठमाडौं । पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो। सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम १ लाख कित्ता सेयरका लागि २०८२ बैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। पियोर […]
The post पियोर इनर्जीले चैत २८ गतेदेखि ११ करोड ९५ लाखको आइपीओ निष्कासन गर्दै appeared first on BIZMANDU.
2081-12-17
ईद मुबारक : मस्जिदमा नमाज पछि अंकमाल गर्दै शुभकामना साटासाट (तस्विरहरु)
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाइरहेका छन्। देशभरका मस्जिद तथा ईदगाहमा यो पर्व मनाइँदैछ। ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाहसँग आशीर्वाद लिने गर्दछन्। नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अंकमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन्। काठमाडौंको […]
The post ईद मुबारक : मस्जिदमा नमाज पछि अंकमाल गर्दै शुभकामना साटासाट (तस्विरहरु) appeared first on BIZMANDU.
2081-12-17
कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति, ६४ लाखको सामान नष्ट
काठमाडौं । शुक्रबार राजावादी अराजक समूहले गरेको तोडफोड र लुटपाटबाट कोटेश्वरको भाटभटेनीमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ। तीनकुनेमा आगजनी गर्दै कोटेश्वर पुगेको अराजक भिडले भाटभटेनी सुपरमार्केटमा ढुंगामुढा गरेर भवन र गाडीमा क्षति पुर्याएका थिए। त्यसपछि सुपरमार्केट भित्रै पसेर सामानहरु लुटिएको थियो। प्रहरीले तोडफोड र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरेर कारबाही अघि […]
The post कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँ क्षति, ६४ लाखको सामान नष्ट appeared first on BIZMANDU.
2081-12-17
विभाग एक्सनमा उत्रिँदा सिमेन्ट बोराको १५ देखि २५ रुपैयाँ सस्तियो, छडमा पनि घट्ने संकेत
विराटनगर। पूर्वका उद्योगले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँले घटाएका छन् भने फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने तयारी तयारी गरिरहेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि निर्माणसामग्रीका सिमेन्ट उद्योगले मूल्य घटाएका र कुनैले घटाउने तयारी गरिरहेका हुन्। सिमेन्ट र फलामे छडको मूल्यमा कार्टेलिङ गरेर मूल्यवृद्धि गरिएको भन्दै सर्वत्र […]
The post विभाग एक्सनमा उत्रिँदा सिमेन्ट बोराको १५ देखि २५ रुपैयाँ सस्तियो, छडमा पनि घट्ने संकेत appeared first on BIZMANDU.
2081-12-17