माइतीघरमा राप्रपाको प्रदर्शन- नेताको रिहाइ र तीनकुने घटना छानबिनको माग (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतलाई तत्काल छाड्न दबाबस्वरूप माइतीघरमा प्रदर्शन गरेको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राप्रपा र निकटका संगठनले नेताहरूमाथि झूटो मुद्दा लगाएर कारवाही थालिएको भन्दै विरोध जनाएका छन् ।

उनीहरूले सबैलाई तत्काल रिहा गर्न माग गरेका छन् । पक्राउ परेका नेताहरू छाड्नुपर्ने, तीनकुने घटनाका मृतकहरूलाई शहीद घोषणा, घटनाको छानबिन हुनुपर्ने उनीहरूको मुख्य माग छ ।

राजावादी आन्दोलनको क्रममा शुक्रबार तोडफोट र लुटपाटमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए ।

Prev Article
बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए
Next Article
राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video